आशा कति नाफा कमायो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

आशा कति नाफा कमायो ?



 

काठमाडाै । आशा लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ मा १ करोड १० लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्ष यो वित्तीय संस्था १ करोड ३८ लाख ६६ हजार रुपैयाँ घाटामा थियो । यो वित्तीय संस्थाले गत वर्ष अघिल्लो वर्षको घाटालाई नाफामा परिणत गर्न सफल भएको छ ।

१४ करोड रुपैयाँ चुक्ता पूँजी भएको यो संस्थाले जगेडा कोषमा १६ हजार रुपैयाँ मात्रै राखेको छ । अघिल्लो वर्ष यस्को यस्तो कोष १ करोड १० लाख रुपैयाँ ऋणात्मक थियो । यो संस्थाले २५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब २५ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाहमा लगानी गरेको छ ।

खुद व्याज आम्दानी १४ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको यो संस्थाले व्यजमा गरको खर्च भने ८ करोड ९४ लाख रुपैयाँ रहेको छ । यसको गत आवको सञ्चालन मुनाफा १ करोड ४ लाख रुपैयाँ रहेको छ । यो वित्तिय संस्थाको निष्कृय कर्जा ०.७८ प्रतिशट रहेको छ ।

प्रकाशित : २० श्रावण २०७५, आईतवार ११:२७