सात विधेयक संसद्मा पेश गर्ने तयारी



काठमाडौं । सरकारले विभिन्न विषयका सात विधेयक संघीय ससंद्मा पेश गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक र भुक्तानी तथा फछ्र्योट विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बैठकले उपभोक्ता संरक्षणसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेकोे विधेयक, नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बाँस्कोटाले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

१६७८ निको हुँदा, संक्रमित र मृतकको संख्या कति ?

काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो समय नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

प्रकाशित मिति २०७८ असार १ देखि