एन आई सी एशिया बैंकको क्यूआर कोड पेमेन्ट सेवा, यसरी प्रयोग गर्नुस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एन आई सी एशिया बैंकको क्यूआर कोड पेमेन्ट सेवा, यसरी प्रयोग गर्नुस



काठमाडाै । एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा QR Code मार्फत भुक्तानी आइतबाबाट संचालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ्ग (MoBank App) प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्नुहुनेछ ।

QR Code मार्फत भुक्तानी गर्न मर्चेन्टले MoBank मर्चेन्ट App बाट Request Payment विकल्प प्रयोग गरि QR Code generate गर्ने र ग्राहकले आफ्नो ःMoBank प्रयोग गरि सोहि QR Code मा MOPay विकल्प प्रयोग गरि Scan गरेर भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै, मर्चेन्टले भुक्तानी काउण्टरमा QR Code भएको Sticker पनि राख्न सक्नेछन्् जसलाई ग्राहकले MOPay विकल्प प्रयोग गरि Scanगरेर भुक्तानी गर्न सकिने छ ।

यो सेवा प्रयोग गर्नको लागि ग्राहकसँग Smart phone उपलब्ध हुनुपर्ने र Smart phone प्रयोग गरि ग्राहकले सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंकको मोबाइल बैंकिङ्ग (MOBank) सेवा न्ययनभि Google Play/App Store अथवा बैंकको वेबसाइटबाट सजिलै डाउनलोड गर्न सकिन्छ । बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।

प्रकाशित : २० श्रावण २०७५, आईतवार २०:३५