मुक्तिनाथ विकास बैंकद्धारा क्रियापुत्री तथा बृद्धाआश्रम निर्माणलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकद्धारा क्रियापुत्री तथा बृद्धाआश्रम निर्माणलाई सहयोग



काठमाडाै । मुक्तिनाथ विकास बैंक द्धारा क्रियापुत्री तथा बृद्धाआश्रम निर्माणलाई सहयोग प्रदान गरेको छ । “ जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ” भन्ने मूल मर्मका साथ मिति २०६३ सालमा स्थापना भएको मुक्तिनाथ विकास बैंकले शाखा कार्यालयहरुमा संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत धादिङ जिल्ला निलकण्ठ न.पा वडा नं–३,सुगमटोल सुधार समितिद्धारा क्रियापुत्री तथा बृद्धाआश्रम भवन निर्माण गर्ने लाई सहयोग हस्तान्तरण गरेको हो ।

मुक्तिनाथ बिकाश बैंक लिमिटेड शाखा कार्यालय धादिङ द्धारा सामाजिक उत्तरदायित्व बहन गदै रु.२०,०००।–बिस हजार नगद आर्थिक सहयोग भवन निर्माण समितिलाई प्रदान गरेका हुन् ।

भवन निर्माण भईसके पछि यस टोलबासी वा धादिङबेशीमा घर नभएकाहरुलाई आफन्त हरुको निधन हुदाँ यस भवन बाट सेवा प्रदान गरिने उक्त समितिका अध्यक्षद्धारा जानकारी गराएका थिए ।

यस अघि पनि धादिङबेशीमा रहेको मसानघाटमा टयुबेल जडान, मलेखुको भद्रकाली बेद वृदाआश्रमलाई खाधन्न तथा लत्ता कपडा सहयोग गदै आएको यस शाखाबाट अझै विभिन्न टोलबासी तथा धादिङ जनता माझ लोकप्रिय रहि आएको मुक्तिनाथ विकास बैंकले यस्ता कार्यलाई निरन्तरता दिदै जाने यस शाखाको शाखा प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार १०:०२