सिटी एक्सप्रेसको १६७ प्रतिशत हकप्रद सेयरकाे मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटी एक्सप्रेसको १६७ प्रतिशत हकप्रद सेयरकाे मूल्य समायोजन



काठमाडाै । सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १६७ प्रतिशत हकप्रद सेयरकाे  मूल्य समायोजन भएको छ ।  हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ सय ८ दशमलव ६१ रुपैयाँ कायम भएको छ ।जसको औषत अाधार  मूल्य भने १ सय ५४ दशमलव ३१ रुपैयाँ रहेको छ ।सिटी एक्सप्रेसले भदौ १ गतेदेखि १ः१.६७ अनुपातमा २५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्दैछ ।

हकप्रद बिक्रीका लागि कम्पनीले सोमबार बुक क्लोज गरेको हो । यो हकप्रद असोज ४ गतेसम्म भर्न पाइनेछ । बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट, कमलादी र सिटी एक्सप्रेसको केन्द्रीय कार्यालय दरबारमार्ग तथा यसका गाईघाट उदयपुर र बिर्तामोड झापाबाट आवेदन दिन पाइन्छ । यसैगरी, सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । हकप्रद बिक्रीपछि सिटी एक्सप्रेसको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २ करोड १५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ ३० रुपैयाँ ५८ पैसा छ ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार १२:५९