महालक्ष्मी विकास बैँक लि. को शाखा स्थानान्तरण



काठमाडाैँ । महालक्ष्मी विकास बैँक लि.ले मिति २०७५ श्रावण २१ गते ( अनुसार ६ अगस्ट २०१८) देखि गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ बाट स्थानान्तरण भई सूर्यपुरामा सञ्चालनमा आएको हो । बैँकको यस शाखाले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढि रहेको छ । बैंकले असार, २०७५ सम्म रु. २७ अर्ब २७ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ

सेयर बजारको उकालो यात्रा कायमै

काठमाडाैं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ३ सय १ सय १२ दशमबल ९५

प्रकाशित मिति २०७८ असार १ देखि