मुक्तिनाथ विकास बैंकको नगद फिर्ता गर्ने गरी आवास कर्जा



काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लि.ले नयाँ “मुक्तिनाथ आवास कर्जा” योजना सार्वजनिक गरेको छ । यस योजनामा आवद्ध हुने ग्राहकहरुले २० वर्ष सम्मको कर्जा अवधि राखी रु. १० लाख देखि रु. ५ करोड सम्मको कर्जा सुविधा लिन सक्नेछन् ।

नियमति रुपमा किस्ता बुझाउने ग्राहकहरुले आफूले बुझाएको प्रशासनिक शुल्क फिर्ता पाउँदै जानेछन् भने पहिलो १ वर्षको लागि निशुल्क स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा पनि प्राप्त गर्नेछन् । कुल कर्जाको आधा रकमलाई किस्ताबन्दी रुपमा बुझाई बाँकी कर्जाको व्याजमात्र बुझाउने गरी किस्ताको भारलाई कम गर्ने गरी डिजाइन गरिएको छ । यसले नियमित तर न्यून आय भएका ग्राहकलाई समेत निजको आवश्यकता अनुसारको कर्जा सुविधा लिन सहज हुनेछ ।

यस कर्जाबाट ग्राहकले घर खरिद, आवास प्रयोजनार्थ जग्गा खरिद, जग्गा तथा घर खरिद गर्न सक्नेछन् । बैंकको सबै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सक्ने व्यवस्था मिलाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ

ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)

सर्वाेत्तमकाे सेयर खरिद प्रकरणः अख्तियारले थाल्यो अनुसन्धान

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वाेत्तमकाे सेयर खरिद प्रकरणकाे विषयमा अनुसन्धान

प्रकाशित मिति २०७८ असार १ देखि