एनआईसी एशिया क्यापिटलको सन्ध्याकालीन सेवा शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

एनआईसी एशिया क्यापिटलको सन्ध्याकालीन सेवा शुरु



काठमाडाै । एनआईसी एशिया क्यापिटलले आइतबार (साउन २०)देखि सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ। सेवाग्राहीहरुको व्यस्ततालाई ध्यानमा राखी क्यापिटलले सन्ध्याकालीन सेवा सुरु गरेको जनाएको छ ।

यस सन्ध्याकालीन सेवामा क्यापिटलबाट दैनिक रुपमा प्रदान गरिने नियमित सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछन् । सध्याकालीन काउण्टर मार्फत हितग्राही खाता खोल्ने आवेदन फारम संकलन, शेयर प्रमाणपत्र तथा लाभाँश विवरण, शेयर अभौतिकरण गर्ने, लगानि व्यवस्थापन तथा परामर्श सेवा लगायतका सेवाहरु उपलब्ध गराइने क्यापिटलले जनाएको छ ।

क्यापिटलको कार्यालय बबरमहलबाट प्रदान हुने उक्त सेवा सातामा ५ दिन (आइतबारदेखि बिहीबारसम्म) सम्म नियमित अतिरिक्त २ घण्टाका दरले तथा शुक्रबार अतिरिक्त ३ घन्टाका दरले सार्वजनिक बिदाबाहेकका सबै दिन सञ्चालन हुनेछ ।
सन्ध्याकालीन काउण्टरमार्फत सेवाग्राहीहरुले दैनिक कार्यालय समयभन्दा अतिरिक्त समय सेवा प्राप्त गर्न सक्ने क्यापिटलको भनाइ छ ।

क्यापिटलले यसअघि आइतबार देखि बिहीबारसम्म बिहान १०ः०० बजे देखि दिउँसो ०३ः०० बजेसम्म र शुक्रबार बिहान १०ः०० बजे देखि दिउसो ०१ः०० बजेसम्म सञ्चालन गर्दे आएको थियो ।

सध्याकालीन काउण्टर सेवा थपिएपछि क्यापिटलले आइतबार देखि बिहीबारसम्म दिउँसो ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म र शुक्रबार दिउँसो २ः०० बजे देखि बेलुका ५ः०० बजे थप सेवा पाउनेछन् ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार १६:३६