प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए



काठमाडाै  । काठमाडौंको काँडाघारीबाट आइतबार अपरिहत बालकको हत्या भएको छ । ११ वर्षीय निशान खड्काको शव सोमबार भक्तपुरको सानोठिमीमा गाडिएको अवस्थामा भेटिएको हो ।

भक्तपुरको ठिमी नगरपालिकाको एक निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआइजी मनोज न्यौपानले जानकारी दिए ।

अपहरणकारीले आइतबार बालकको अपहरण गरी ४० लाख रुपैयाँ फिरौती माग गरेका थिए । अपहरणकारीको खोजी गर्दै जाँदा अपराध महाशाखाको टोलीसँग भिडन्त हुँदा दुईजना अपहरणकारीसमेत मारिएका छन् । मारिनेमा अजय तामाङ र गोपाल तामाङ छन् ।

अपराध महाशाखाको टोलीले भक्तपुर कै डोलेश्वर महादेव मन्दिरमाथि रहेको जंगलमा सोमबार दिउँसो अपहरणकारीलाई ‘इन्काउन्टर’ गरी मारेको छ ।स्रोत रिपोटर्सनेपाल

प्रकाशित : २१ श्रावण २०७५, सोमबार १६:४२