प्रिमियर इन्स्योरेन्स र सांग्रिला विकास बैंक बीच बैकास्योरेन्स सम्झाैता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रिमियर इन्स्योरेन्स र सांग्रिला विकास बैंक बीच बैकास्योरेन्स सम्झाैता



काठमाडाै । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र सांग्रिला विकास बैंक बीच बैकास्योरेन्स सम्बन्धी सम्झाैता भएको छ । सो सम्झाैतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक दिपेन्द्र राज गाैतम र सांग्रिला बैंकका बरिष्ठ प्रबन्धक तेज बहादुर ठगुन्डाले हस्ताक्षर गरे ।

अब यो सम्झाैता पछि बैंकका ग्राहकले बैंकको कुनै पनि शाखा बाट प्रिमियर इन्स्योरेन्सको बीमा सेवा लिन, प्रिमियम रकम बुझाउन ,दाबी भुक्तानी लगायतका सम्पुर्ण बीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार १७:५४