सम्पत्ति विवरण सार्वजनिक गर्दै पूर्व कानूनमन्त्री तामाङले भने, ‘अब कि भ्रष्टाचारी सिद्धिन्छन्, कि म सिद्धिन्छु’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

सम्पत्ति विवरण सार्वजनिक गर्दै पूर्व कानूनमन्त्री तामाङले भने, ‘अब कि भ्रष्टाचारी सिद्धिन्छन्, कि म सिद्धिन्छु’



काठमाडाै । कानूनमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङ्ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

‘म जम्मा १३० दिन मन्त्री भएँ’, तामाङ्ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भने, ‘मन्त्री पद सम्हादा र अहिले सम्पत्ति विवरणमा खासै फरक छैन् ।’

उनले आफूले तलबभत्ताबाट आएको रकमबाट केही ऋण तिरेको र अन्य खर्च भएकाले जम्मा हुन नपाएको दावी गरेका छन् ।

पूर्वमन्त्री तामाङले आफ्नो बैंकमा ४३ हजार ९ सय ६७ रुपयाँ १२ पैसा रहेको र श्रीमती उषाकला राईको नाममा एउटा बैंकमा १ लाख ६६ हजार र अर्को बैंकमा १ लाख २२ हजार रहेको जानकारी दिए ।

यसअघि मन्त्री हुँदा तामाङले १५ लाख बराबरको शेयर तथा कृषि विकास बैंकसँग ४० लाख र अन्य बैंकसँग ३० लाख ऋण भएको सार्वजनिक गरेका थिए । त्यो यथावत रहेको उनले जानकारी दिए ।

सिन्धुपाञ्चोकबाट प्रतिनिधिसभामा निर्वाचित तामाङले आफूसँग सिन्धुपाल्चोक, सिन्धुकोटमा पाखोबारी र खेत, श्रीमती राईको नाममा मोरङमा ७ कित्ता जग्गा र खोटाङमा पनि केही जग्गा भएको जानकारी दिए ।

राई प्रदेशसभा सदस्य हुन् । राईको नामा कार र तामाङ्को नाममा मोटरसाइकल तथा दुई/दुई थान ल्यापटप र मोबाइल छन् । उनीहरुसँग ३० तोला सुनसमेत रहेको सम्पति विवरणमा उल्लेख छ । तामाङले आफू भ्रष्टाचार नियन्त्रणको पक्षमा रहेकाले आफूले शुरु गरेको अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् । उनले आफू कानूनमन्त्री रहेका बेला थालनी गरेका भ्रष्टाचार नियन्त्रणका अभियानलाई बाहिर रहेर भए पनि अगाडि बढाउने र भ्रष्टाचारीलाई नागरिकसामु अगाडि ल्याउने बताए ।

उनले देश विकासको प्रमुख वाधकको रुपमा संगठित भ्रष्टाचार रहेको जानकारी गराउँदै भने, ‘अब कि भ्रष्टाचारी सिद्धिन्छन्, कि म नै सिद्धिन्छु ।’ आफू कानूनमन्त्रीको जिम्मेवारीमा रहेका बेला पनि सार्वजनिक व्यक्तित्वहरुबाट हुने गरेका संगठित भ्रष्टाचारकाविरुद्ध पटक–पटक आवाज उठाउँदै आएको र यस विषयमा अहिले पनि आफू सचेत रहेको बताएका छन् ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार १८:३८