पाटा युथ ट्यालेन्ट क्वेस्ट को दोस्रो संस्करण सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पाटा युथ ट्यालेन्ट क्वेस्ट को दोस्रो संस्करण सम्पन्न



काठमाडाैँ । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरुबीच “पब्लिक स्पिकिङ्ग” र “कन्टेन्ट राइ्टिङ्ग” गरी २ वटा विधामा प्रतिस्पर्धा सम्पन्न गरी “पाटा युथ ट्यालेन्ट क्वेस्ट” को दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ ।

नेपाली पर्यटन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा गत वर्ष सुरु भएको “पाटा युथ ट्यालेन्ट क्वेस्ट” पाटा नेपाल च्याप्टर सदस्य शैक्षिक संस्थाहरुमा अध्यनरत विद्यार्थीहरुका लागि आफ्नो योग्यता, क्षमता र सिप प्रश्तुत गरी महत्वपूर्ण उपलब्धीहरु प्राप्त गर्ने एक उपयुक्त माध्यम बनेको छ । पाटा नेपालले प्रतिभावान विद्यार्थीहरुलाई आवश्यक तालिम तथा विविध अवसरहरु प्रदान गराई उनीहरुको सशक्तीकरण तथा सुनौलो भबिष्य निर्माणका लागि प्रेरक माध्यमको रुपमा यस कार्यक्रमलाई अघि सारेको छ ।
यस अभियान अन्र्तगत संचालित २ वटै विधाहरुमा पाटा नेपाल सदस्य शैक्षिकसंस्थाहरु गेट, नाथम, क्याथ, एनसिटिटिएम, मिडभ्याली, पब्लिक युथ, सिल्भर माउन्टेन र आईएसटि गरी १६ जना बिद्यार्थीहरुले भाग लिएका थिए । सहभागिहरुमध्ये आईएसटि कलेजकी छात्रा तमन्ना प्रधान र मिडभ्याली इन्टरनेशनलका छात्र जिङ्गमे लामा क्रमशः “पब्लिक स्पिकिङ्ग” र “कन्टेन्ट राइ्टिङ्ग” विजेता घोषित भएका छन । विजेताले पुरुस्कार स्वरुप आगामी सेप्टेम्बर १२–१४ सम्म लङ्ककावी मलेसियामा आयोजना हुने पाटा ट्राभल मार्ट २०१८ मा सहभागि हुने अवसर प्राप्त गरेका छन ।
अगस्त ५ तारिख का दिन राजधानीको नाथम कलेजमा आयोजित “पब्लिक स्पिकिङ्ग” प्रतियोगितामा संस्कृती पर्यटन तथा नागरीक उड्डयान मन्त्रालयका पूर्व–सचिव  दिपेन्द्र पुरुष ढकाल, पाटा नेपाल च्याप्टरका अध्यक्ष  सुनिल शाक्य, र भोग एड् एण्ड ईभेन्ट म्यानेजम्यान्टका प्रमुख कार्यकारी अधिकृत प्रभात रिमालले निर्णायक मण्डलको भुमिका निर्वाह गर्नु भएको थियो । त्यसैगरी कन्टेन्ट राइ्टिङ्ग प्रतियोगितामा निर्णायकको भुमिका नेपाल ट्राभलरका संस्थापक तथा सिईओ  टेरेन्स ली ले निर्वाह गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटनमा पाटाका अध्यक्ष  सुनिल शाक्यले स्वागत मन्तब्य राख्दै पाटा नेपालको दक्ष जनशक्ति निर्माण तथा नेपाली पर्यटन क्षेत्रका नयाँ पुस्तामा नेतृत्व सिप अभिवृद्धि गर्ने उद्देश्यले पाटा नेपालले यो अभियान अघि सारेको बताउनुभयो। वहाँले नेपाल वायुसेवा निगम, नाथम कलेज, नेपाल ट्राभलर र पाटा नेपाल स्टुडेन्ट च्याप्टरलाई कार्यक्रम सफल पार्न महत्वपूर्व सहयोग प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
यस बर्ष पाटाले नेपाली पर्यटन क्षेत्रको समसामयिक चुनौतीपूर्ण बिषयहरु “वर्तमान परिप्रेक्षमा नेपाली पर्यटन प्रवर्धन का लागि क्ध्इत् विश्लेषण” तथा “ प्रतिभा पलायन न्यूनिकरण तथा दिगो दक्षजनशक्ति निर्माणका उपायहरु” शीर्षकमा प्रतियोगिता आयोजना गरेको थियो ।
निर्णायक मण्डलका तर्फबाट बोल्दै  दिपेन्द्र पुरुष ढकालले पाटा नेपालको दक्ष जनशक्ति निर्माण अभियानमा “युथ ट्यालेन्ट क्वेस्ट” जस्ता महत्वपूर्ण कार्यहरु सहानीय रहेको बताउदै सवै सहभागीहरुले विजेता वन्ने समान क्षमता देखाउदै उत्कृष्ट प्रस्तुति दिएकोमा धन्यावाद व्यक्त गर्नुभयो ।

पाटा नेपालले दिगो पर्यटन विकास, वर्तमान तथा भविष्यकालागि आवश्यक दक्षजनशक्ति निर्माण एवम सशक्तिकरण अभियानलाई सार्थक पार्न निरन्तर रुपमा युथ जनशक्तिहरु तथा विधार्थीहरुलाई आपनो अधिकांश कार्यक्रमरुमा प्राथमिकता सहित सहभागी गराउदै आएको पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत  सुरेश सिंह बुडालले जानकारी दिनुभयो ।

प्रकाशित : २२ श्रावण २०७५, मंगलवार १३:१६