करको मारमा उद्योगी–व्यवसायी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

करको मारमा उद्योगी–व्यवसायी



वीरगन्ज । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले उद्योगी–व्यवसायीलाईमात्र दुहुनुपर्छ भन्ने परम्परागत सोच हटाउनुपर्ने बताएका छन् ।

मुलुकमा लामो संघर्षपछि बनेको बलियो सरकारले व्यवसायीलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ । जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेलाको मंगलबार वीरगन्जमा उद्घाटन गर्दै अध्यक्ष दाहालले राज्यले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण फेर्नुपर्ने बताए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले सरकारले अघि सारेको समृद्धिको अभियानलाई सफल बनाउन उद्योगी–व्यवसायीसँग सहकार्य गरी अघि बढ्ने बताए ।

मुलुक संघीयतामा गएपनि परिवर्तनभन्दा पनि करको मारले उद्योगी–व्यवसायीलाई समस्यामा पारेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

कार्यक्रममा देशभरिका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २२ श्रावण २०७५, मंगलवार २०:०५