प्रसौनी गाउँपालिका बेलहियाको वडासमितीले गरेको फर्जी कामको खुल्लासा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रसौनी गाउँपालिका बेलहियाको वडासमितीले गरेको फर्जी कामको खुल्लासा



 अनिल गुप्ता
बारा । प्रसौनी गाँउपालिका वडा नम्बर ६ टोल बेलाहीमा चापाकलको शिर्षकमा वडासमितिले फर्जी काम गरेको रहस्य खुलेको छ । गाँउपालिकाका प्रमुख भोला प्रसाद गुप्ता र प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरी सहितको टोली सो ठाँउमा अनुगमन गर्न जादा चापाकलको शिर्षकमा निकै फर्जी काम भएको देखिएको अध्यक्ष भोला गुप्ताले जानकारी दिनुभयो ।
आर्थिक बर्ष .२०७४/७५ मा गरीब असहाय तथा पिछड़ा बर्गको लागि चापा कल को रकम गाँउपालिकाबाट ३ लाख रुपैया ९ वटा कलको लागि छुटयाएको हुदा सो रकमको सदउपयोग नै नगरि निर्वाचन ताका नै सो चापा कलहरु गाडेको रहस्य खुलेको गाँउपलिकाका अध्यक्ष गुप्ताले भन्नुभयो । गाँउका स्थानियहरुले ४ हजार देखि ७ हजार रुपैया आफुहरु दिएर कल गाडेको जानकारी अनुगमन टोलीलाई समेत जानकारी दिएको गूप्ताको भनाई रहेको छ । कतै पाईप मात्र गाडिएको छ । सबै चापा कल ब्यक्तिगत रूपले आ-आफ्नो आसेपासेहरुलाई मात्रै दिइएको भएपनि तिनीहरुबाट केहि रकम समेत असुल गरेको अनुगमन टोलीले जानकारी दिएको छ । सार्वजनिक मठ मन्दिर,विद्धालय , बजार, स्वास्थ्य कार्यालय, खुल्ला ठाँउ जहा सबैको सहज पहुच होस त्यसतो ठाँउमा चापाकल गाडने प्रक्रिया भएपनि सो प्रक्रियालार्ई धोती लगाउदै वडा कार्यालयले प्रक्रिया अनुसार नगाडी ब्यतिmहरुको घरमा गाडेको अनुगमनको क्रममा भेटिएको अनुगमन टोलीका एक सदस्यले बताउनु भयो ।

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरीसंग बुझदा त्यस बिषयमा प्रतिक्रिया दिन चाहनु भएन । यसको अर्थ केशरीपनि चापाकलमा हिसादारी राखेको स्रोतले जानकारी दिएको छ । नियम प्रक्रियाबाट भुक्तानी दिन नमिलेपनि प्रमुख केशरीले गाँउपालिकाको अध्यक्षगुप्तालाई माईनस गरि सो चापाकलको भुतmानी कार्यालय मार्फत दिने सहमत भईसकेको साेर्तले दावी गरेको छ । तर गाँउपालिका अध्यक्ष गुप्ताले भुतmानी रोक्नुपर्दछ भने पक्षमा आफु रहेको बताउनुभयो । यस बिषयमा वडा अध्यक्ष वृजकिशोर कुशवाहासंग बुझन खोजदा सम्पर्क हुन नसकेपछि उहाँको प्रतिक्रिया भने आउनसकेन ।

प्रकाशित : २३ श्रावण २०७५, बुधबार १४:५२