नयाँ नेपाल लघुवित्तको हकप्रद साउन २७ गते, कहाँबाट आवेदन दिने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नयाँ नेपाल लघुवित्तको हकप्रद साउन २७ गते, कहाँबाट आवेदन दिने ?



काठमाडाै । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको साउन २७ गते हकप्रद शेयर निष्काशन हुने भएको छ । लघुवित्तले २५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्य ६ लाख कित्ताको यो हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको शेयरमा साउन ६ गतेसम्म शेयर स्वामित्व कायम सेयरधनीले मात्र भर्न पाउनेछन् ।

कहाँबाट आवेदन दिने
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, देवः विकास बैंकको धुलिखेल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपार्टी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ । एनएमबि क्यापिटलबाट भने चेकमात्र बुझिने व्यवस्था रहेको छ ।

प्रकाशित : २४ श्रावण २०७५, बिहीबार ११:१९