मिर्मिरे लघुवित्त वित्तीयको सेयर रजिष्टारमा एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिर्मिरे लघुवित्त वित्तीयको सेयर रजिष्टारमा एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त



काठमाडाै । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्टारमा एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ।

धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगायत रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु अब एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्नेछ।

आज बनेपामा आयोजित एक समारोहबीच एसबिआईका तर्फबाट प्रबन्ध संचालक रमेश घिमिरे र मिर्मिरेका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटाले सम्झौतापत्रमा हस्ताक्ष गरे।

उक्त कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचना मार्फत सर्वसाधरण शेयरधनी महानुभावहरुलाई जानकारी गराईने कम्पनीले जनाएको छ।

प्रकाशित : २४ श्रावण २०७५, बिहीबार ११:३१