१७औं तिज महोत्सव”बृहत तिज व्यापार मेला” को आयोजना हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१७औं तिज महोत्सव”बृहत तिज व्यापार मेला” को आयोजना हुने



काठमाडाैँ ।महिला शिर्जनशिल केन्द्रको आयोजना तथा Eventsansar.com को व्यवस्थापनमा यहि भाद्र ७ गते देखि १० गते सम्म नेपालको सबभन्दा ठुलो प्रदर्शनि हल भृकुटिमण्डपमा १७औं तिज महोत्सव”बृहत तिज व्यापार मेला” को आयोजना हुने भएको छ। यस मेलालाई जापान प्रसिद्ध ब्रण्ड मिनीसो ले प्रस्तुत गरेको छ भने डाबर नेपालको गुलाबरी रोज वाटरको मुख्य प्रायोजन तथा महिलाहरुले प्रयोग गर्ने सेफ्टिको सहकार्य रहेको छ।
सन २००२ बाट महिला शिर्जनशिलता र उद्यमशिलता लाई प्रोत्साहन गर्ने उदेश्यले शुरु भएको तिज महोत्सव एउटा वृहत तिज व्यपार मेला यस पटक काठमाडौं केन्द्र भृकुटिमण्डप मा अवस्थित नेपालकै ठुलो प्रर्दशनि हलमा आयोजना हुने भएको छ ।
यस पटक २०० भन्दा बढि स्टलहरु रहने  छन्। त्यसैगरी १,००,००० भन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएकाे छ । महिला शिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले यस पटक ५ उकृष्ट व्यवसायलाई अवार्ड दिने भएकाे छ ।अवलोकन कर्ताहरुको लागी निशुल्क स्वस्थ्य शिविर। निशुल्क फोटो सुट ।निशुल्क मेहेन्दि आर्ट । निशुल्क हेयर कटिङ्ग । लगायत हात खालि नजाने उपहारहरु राखिएको छ ।

समाज कल्याण महिला तथा बालबालिका मन्त्रि माननिय थममाया थापा  बाट समुद्घाटन हुने यस कार्यव्रmममा १० वटा भन्दा बढि स्टल ,असाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्र पिछडिएका दिदि बहिनिहरुलाई निशुल्क प्रदान गरीएको छ। यस महोत्सवमा रु ५० प्रवेश शुल्क पनि राखिएको छ। यस बाट प्राप्त भएको ५०५ रकम सामाजिक संस्थालाई प्रदान गरिएको छ साथै दुर दराज वा रोगी विरामी महिला दिदि वहिनीहरु लाई उपचार खर्च प्रदान गरीने छ ।

प्रकाशित : २४ श्रावण २०७५, बिहीबार ११:५७