पर्समा पैसा बोक्ने बानी छ ? मोबाइलबाट नै हुन्छ यसरी काम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

पर्समा पैसा बोक्ने बानी छ ? मोबाइलबाट नै हुन्छ यसरी काम



काठमाडौं । प्रभु ग्रुपले नेपालमा ‘वालेट अब मोबाइलमा ’ भन्ने नारासहित ‘प्रभु पे’ नामक डिजिटल वालेटको शुरुवात गरेको छ । बिहीबार प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले यसको प्रयोग गरी शुरुवात गरे ।

प्रभु पेलाई आफ्नो मोबाइलमा डाउनलोड गरेपछि पैसासंग सम्बन्धित सम्पूर्ण कार्यजस्तै कुनै पनि बैंक अथवा वित्तीय संस्थाको खाता बाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्ने लगायतका काम गर्न सहज हुनेछ ।

यसबाट अनलाइन मात्र नभई युनियन पे र क्यु कोर्ड स्क्यानमार्फत पनि पैसा तिर्न सकिन्छ । यसैगरी प्रभु पे ले नियमित ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा पनि दिएको छ भने अरुलाई रिफर गरे बापत प्रत्येक रिफरमा ३० रुपैयाँ बराबरको ब्यालेन्स दिनेछ । प्रभु पे को आफ्नै अलगै च्याट सिस्टमको सुविधा पनि छ ।

कार्यक्रममा प्रभु पे का सञ्चालक कुसुम लामाले प्रभु पे को प्रयोग गर्ने तरिकाका बारेमा जानकारी गराइन ।

प्रकाशित : २४ श्रावण २०७५, बिहीबार १४:३८