तत्काल कर्जाको ब्याजदर घटाउन मिल्दैनःनेपाल बैंकर्स संघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

तत्काल कर्जाको ब्याजदर घटाउन मिल्दैनःनेपाल बैंकर्स संघ



काठमाडाै । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कर्जाको व्याजदर राष्ट्र बैंकले भनेजस्तो २ प्रतिशत घटाउन बैंकसँग पर्याप्त लगानी नभएको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले   तत्काल कर्जाको व्याजदर घटाउन नसकिने बताए ।

बैंकहरुले लगानीलाई आकर्षित गर्न पनि तत्काल कर्जाको ब्याजदर घटाउन नमिल्ने उनको जिकिर छ । उनले असोजबाट भने कर्जाको व्याजदर घटाउन सकिने बताए ।

उनले राष्ट्र बैंककै निर्देशन बमोजिम स्थानीय तहमा शाखा विस्तार गर्दा बैंकको आन्तरिक खर्च बढ्न गएकोले तत्काल कर्जाको व्याजदर समायोजन गर्न नसकिने प्रष्ट पारे । उनका अनुसार बैंकको आन्तरिक खर्च ८० प्रतिशतसम्म वृद्धि भएको छ ।

प्रकाशित : २४ श्रावण २०७५, बिहीबार १५:५४