सयपत्री हाइड्रोपावरले ३ लाख कित्ता आइपिओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सयपत्री हाइड्रोपावरले ३ लाख कित्ता आइपिओ जारी गर्ने



काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले ३ करोड बराबरको ३ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । आईपीओ निष्काशन अनुमतिका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बाग्लुङका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर निष्कासन गर्नेछ । त्यस पश्चात दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणका लागि २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर निष्कासन गर्ने जनाएको छ । सेयर निष्काशनका लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले बाग्लुङमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । जसले ०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ ।

प्रकाशित : २५ श्रावण २०७५, शुक्रबार १४:०७