के एल मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को सित्तैमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

के एल मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को सित्तैमा



काठमाडौ । चाबहिल स्थित केएल मोबाइल हबमा जारी मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने भएको छ । जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजना सहित मेला सञ्चालन भैरहेको छ ।

चाबहिलको के एल टावरमा रहेको के एल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै अफर माथि अफरमा सेवाग्राहीलाई लक्षित गर्दै मोबाइल मेला सञ्चालन गरेको हो । एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजना मेलाको आकर्षण बनेको छ । जेडटिई ब्राण्डका एल फाइभ प्लस तथा ब्लेड एस सेभेन र लेनेभोको के फोर नोट मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा उपलब्ध हुने मोबाइल हबका निर्देशक संगम राईले बताए ।

त्यसै गरी मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ । मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरका अनुसार लेनोभोको के फाइभ नोट ५० प्रतिशत छुटमा किन्न सकिन्छ । एमआई फाइभ एसमा ४० प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर पनि उपलब्ध छ । एमआई फोरमा ३५ प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर लागू हुने ग्लाइडरले जानकारी दिए । यसै गरी मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ ।

ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउन पेमेण्टमा मोबाइल किन्न सकिन्छ ।

शुन्य प्रतिशत डाउनपेमेण्ट बाहेकका उल्लेखित सबै अफरहरु हरेक मोबाइलको खरिदमा लागू हुने मोबाइल हबले जनाएको छ । अफरहरु केएल मोबाइल हब चाबहिलका साथै एप्पल वल्र्ड मोबाइल, मर्कन्टाइल प्लाजाको पहिलो तल्ला पसल नम्बर एफ ५ दरबारमार्ग, सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, पसल नम्बर ११३ न्युरोड तथा द वल्र्ड भिजन मोबाइल सिटिसी मल चौथो तल्लामा पनि उपलब्ध हुनेछ ।

ग्राहकले किस्ताबन्दीमा मोबाईल खरिद गर्न आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई आकर्षक गिफ् ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिनेछ ।
विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् ।

प्रकाशित : २५ श्रावण २०७५, शुक्रबार १४:२०