खुम्चिदै शेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

खुम्चिदै शेयर बजार



काठमाडाै । शेयर बजारमा पछिल्लो लगानीकर्ता लगानी गर्नका लागि आश्वस्त हुन नसक्दा शेयर कारोबार दिनप्रति दिन खुम्चिदै गएको छ, भने नेप्से सुचक पनि दैनिक घट्दा लगानीकर्ताको अरबौंको सम्पत्ती गुमेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८१ कम्पनीहरुको सेयर कारोबार भएको छ । साताभर जम्माजम्मी ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरको ३६ लाख ४७ हजार ८४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गतसाताको भन्दा १४ दशमलव ६८ प्रतिशत कम हो ।

गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार ५२० कित्ता शेयरहरु खरिद बिक्री हुँदा १ अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबार रकम अर्ब पनि नपुग्दा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलव २५ अंकले ओरालो अन्तिम दिन १ हजार १ सय ८० दशमलव ६३ अंकमा पुगेको छ ।

त्यसैगरी क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव ८४ अंकले घटेर २४९ दशमलव १३ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्स अग्रस्थानमा देखिएको छ । कम्पनीको ५ करोड ९० लाख ४० हजार रुपैयाँको संस्थापक सेयर कारोबार भएको हो । त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा पनि प्राग्रेसिभ नै अगाडि देखिएको छ । कम्पनीको ५ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याको आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि छ ।

प्रकाशित : २५ श्रावण २०७५, शुक्रबार १५:३२