जनता बैंकको अन्तराष्ट्रिय रेमिट्यान्स सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंकको अन्तराष्ट्रिय रेमिट्यान्स सेवा



काठमाडौं । जनता बैंकले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’मार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनतालाई सहज आन्तरिक रेमिट्यान्स सेवा पुर्याउँदै आएकोमा अबदेखि विदेशमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।

बेक्स मनी बहराइन एक्स्प्रेस एक्स्चेन्ज, बहराइन र जनता बैंक नेपाल लिमिटेडबिच हालै भएको सम्झौताअनुसार अब बहराइनमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् ।

खाताबाट कारोबार गर्नको लागि बेक्स मनी बहराइनमा रहेको कुनै पनि शाखामा सम्पर्क गरीे जनता बैंकमा खाता खोल्न र चेक बुक तथा एटिएम कार्ड प्राप्त गरी करोबार गर्न सक्नेछन् ।

बहराइनबाट जनता रेमिटमार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२१शाखाको अतिरिक्तकरिव १६ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सक्नेछन्

प्रकाशित : २५ श्रावण २०७५, शुक्रबार २०:३२