अर्थतन्त्र

अर्थमन्त्री डा युवराज खतिवडालाई हटाउन माग(भिडियो सहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद्हरुले अर्थमन्त्री डा युवराज खतिवडालाई हटाउन माग गरेका छन् ।

शुक्रबार ५ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने संसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सयुक्त भेटी सरकारले राम्रो काम गर्न नसकेको र यसको प्रमुख जिम्मेवार अर्थमन्त्री भएको बताएका थिए ।

सचारकर्मीसँग कुरा गर्दै दाङबाट निर्वाचित सांसद् मेटमणी चौधरीले भने ” बजेटको कारण जनतामा निराशा छ,यसको मुख्य जिम्मेवार अर्थमन्त्रालय छ,सुधार नभएमा अर्थमन्त्रीले राजिनामा दिनुपर्छ,”चौधरीले भने । जनतामा बजेट अाउनु भन्दा अगाडी जुन उत्साह थियो त्यो उत्साहमा कमी अाउन थालेको समेत उनले बताए  अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको जानकारी प्रधानमन्त्रीलाई गराएको बताए ।

यो भिडियो सविन धमलाको फेसबुकबाट लिइएको हो ।

प्रकाशित : २५ श्रावण २०७५, शुक्रबार २१:२०