सिद्धार्थ इक्विटि ओरियन्टेड स्कीमले नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ इक्विटि ओरियन्टेड स्कीमले नगद लाभांश दिने



काठमाडौं । सिद्धार्थ इक्विटि ओरियन्टेड स्कीमले  नगद लाभांश दिने भएको छ । कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले करसहित १२% नगद लाभांश दिने निर्णय गरेको हो ।  कोषले कुल १२ करोड रुपैयाँ नगद लभांश वितरण गर्न लागेको हो । लाभांश वितरणपछि इक्विटि ओरियन्टेड स्कीमको समायोजित प्रतिइकाई खुद सम्पति मूल्य रु १०‍‍‍‍‍.१४३ कायम  हुने सिद्धार्थ क्यापिटले जनाएको छ ।

प्रकाशित : २७ श्रावण २०७५, आईतवार १२:१३