प्रदेश र स्थानीय तहलाई अर्थमन्त्रीको निर्देशन- आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

प्रदेश र स्थानीय तहलाई अर्थमन्त्रीको निर्देशन- आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्नुस्



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दोहोरो कर नलिन र आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्न पनि मातहतका निकायलाई सचेत गराएका छन्  । खतिवडाले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको स्मरण गराए  ।

आइतबार काठमाडौंमा आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले कानुन नबनाई कर असुली नगर्न पनि सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिए ।

उनले सर्वसाधारणलाई करको बोझ लगाउने काम भएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने स्पष्टिकरण दिएका हुन् ।

अर्थमन्त्री खतिवडाले राज्यले कमजोर समुदायलाई लाभ हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाडि बनाउन कर लिने गरेको पनि स्मरण गराए । उनले करको दुरुपयोग हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित : २७ श्रावण २०७५, आईतवार १२:५८