तपाईलाई मतलब नै नभएका नयाँ नयाँ नोटिफिकेशन आउछन? अब यसो गर्नुस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

तपाईलाई मतलब नै नभएका नयाँ नयाँ नोटिफिकेशन आउछन? अब यसो गर्नुस



तपाई जब फेसबुक खोल्नुहुन्छ । तपाईको नोटिफिकेशनमा केही नयाँ म्यासेज आईरहेको हुन्छ । एकदमै उत्सुक भएर जब खोल्नुहुन्छ त्यसबेला तपाईलाई मतलब नै नभएका नयाँ नयाँ नोटिफिकेशन आइरहेको हुन्छ । टाइमलाईनमा भए नभएको नयाँ नयाँ कुराहरु ट्याग गरेको देख्नुहुन्छ ।

कुनै साथीले उसको अर्को साथीको फोटोमा लाईन, कमेन्ट गर्ने वित्तिकै तपाईको टाइमलाईनमा म्यासेज आउँछ । जुन विलकुल तपाईसँग असम्बन्धित छ ।

यसबाट छुटकारा पाउने उपाय 

यदि तपाई क्रोम, फ़ायरफ़ोक्स, ओपेरा वा सफ़ारी ब्राउज़र, प्रयोग गर्नुहुन्छ भने तपाईले एउटा कुरा जान्न जरुरत छ । सबै भन्दा पहिला तपाईले सोशल फ़िक्सर नाम गरेको एक राउज़र इन्स्टल गर्नुहोस् । यो ब्राउजरले तपाईलाई मदत गर्नेछ । यो सेटअप गर्ने बेला तपाईले मिनिमलिस्ट इंस्टालेशन’लाई छान्नुहोस् ।

यसपछि तपाई फेसबुकको सेटिङमा जानुहोस र गियरको सबै आईकनलाई अनचेक गरिदिनुहोस् ।

त्यसपछि तपाईले फेसबुकमा जे गर्न चाहानु भएको त्यही हुन्छ । तपाई आफ्नो फेसबुकमा फन्ट बदल्न सक्नुहुन्छ । टाईमलाईनको न्यूज फिट बदल्न सक्नुहुन्छ ।

सोशल फ़िक्सरबाट तपाईले नोटिफिकेशन आईरहने हरेक कुराहरु बन्द गर्न सक्नुहुन्छ ।एजेन्सी

प्रकाशित : २७ श्रावण २०७५, आईतवार १४:१८