१६ दशमलव ६९ अंकले ओरालो लागेर बन्द भयाे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१६ दशमलव ६९ अंकले ओरालो लागेर बन्द भयाे नेप्से



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १६ दशमलव ६९ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको टे«डिड. र होटल समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६२ कम्पनीको ७ लाख ८१ हजार ५ सय ६० कित्त सेयर बाट २५ करोड २ लाख २६ हजार ४ सय ९१ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाईफ इन्स्योरेन्स समुह १ सय ९३ दशमलव ३७ अंकले ओरालो लागेको छ । आज न्नलाइफ इन्स्योरेन्स १ सय ०५ दशमलव ७४ अंकले , उतपादनमुलक समुह ६३ दशमलव ५८ अंकले, लघुवित्त समुह ३१ दशमलव ५३ अंकले, जलविधुत समुह २१ दशमलव १९ अंकले,विकास बैँक समुह १३ दशमलव २२ अंकले , बैँक समुह ११ दशमलव ८७ अंकले, अन्य समुह ४ दशमलव ७२ अंकले र फाइनान्स समुह ३ दशमलव ५९ अंकले ओरालो लागेको छ।
आज होटेल र टे«डिड. समुह भने उकालो लागेको छ। आज होटल समुह ६ दशमलव ७३ अंकले र टे«डिड. समुह २ दशमलव ११ अंकले उकलो लागेको छ ।

प्रकाशित : २७ श्रावण २०७५, आईतवार १५:१८