माछापुच्छ्रे् बैंक १ अर्ब भन्दा माथी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे् बैंक १ अर्ब भन्दा माथी



काठमाडाै । माछापुच्छ्रे् बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमास सम्म \ खुद मुनाफा १ अर्ब २९ करोड ७३ लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ६ दशमलव ९५ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले नाफा १ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ कमाएको थियो ।

७ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले ४ दशमलव ३९ प्रतिशतले वृद्धि गरी हाल ८ अर्ब ५ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । जसले जगेडा कोषमा २ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ७२ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ संकलन गरी कर्जामा ६५ अर्ब ८ करोड १ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १२ दशमलव ३४ प्रतिशतले बढेर २ अर्ब ७३ करोड ७ लाख रुपैयाँ पुगेको छ भने त्यस्तै सञ्चालन मुनाफा शुन्य दशमलव ६९ प्रतिशतले वृद्धि भई १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । बैंकले अन्य संचालन मुनाफा ९८ प्रतिशतले घटेको हुदाँ खुद मुनाफामा असर देखिएको हो ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३८ प्रतिशत, पुँजीकोष अनुपात १५ दशमलव ६० प्रतिशत, प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ १ सय २७ दशमलव १७ रुपैयाँ र तरलता अनुपात २५ दशमलव २६ प्रतिशत रहेको छ ।

एनएफआरएस अनुसार बैंकले गत अावमा एक अर्ब २९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख गरेको छ । अघिल्लो बर्ष बैंकको खुद नाफा एक अर्ब ३९ करोड ४२ लाख रहेको थियो ।

प्रकाशित : २८ श्रावण २०७५, सोमबार १०:५७