महालक्ष्मी विकास बैंकको कर्जा योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकको कर्जा योजना



काठमाडौ । महालक्ष्मी बिकास बैंक लि. ले ग्राहकवर्गको आवास, शिक्षा तथा अन्य आवश्यकतालाई सहजताका साथ पुरा गर्ने उद्मेश्यले महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जाको सुविधा ल्याएको छ ।

मानिसहरुको घरघडेरी जोड्ने तथा उच्च शिक्षा हाँँँँसिल गर्ने सपना केवल पुँजीको अभावमा पुरा हुन नसकेको कुरालाई मध्यनजर गरी बैंकले उक्त योेजनाहरु ल्याएको हो । सो योजना मार्फत ग्राहकहरुले घर कर्जामा रु. ५ लाख देखि रु. ५ करोड सम्मको कर्जा र शैक्षिक कर्जामा रु. ५ लाख देखि रु. १ करोड सम्मको कर्जा प्राप्त गर्न सक्नेछन ।

उल्लेखित कर्जाहरु मात्र वार्षिक १२.९९∞ को सर्वसुलभ ब्याजदरमा प्राप्त गर्न सकिनेछ भने उक्त कर्जा बैँकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछ ।

२० वर्ष सम्मको अधिकतम अवधिको किस्तामा उपलब्ध हुने महालक्ष्मी घर कर्जा अन्तर्गत, ग्राहकले आवासीय जग्गा, तयारी घर वा अपार्टमेन्ट खरिद, घर निर्माण वा मर्मत सम्भार गर्न सक्नु हुनेछ । यो सुबिधा अन्तर्गत कर्जा स्वाप गर्न पनि सकिनेछ ।

महालक्ष्मी शैिक्षक कर्जामा भने स्वदेश वा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीवर्गले आफ्ना लागि वा अभिभावकले आफ्ना बालबच्चाका लागि उल्लेखित कर्जा लिन सक्नेछन । यस कर्जा अन्तर्गत पहिलो ५ वर्षसम्म ब्याज मात्र बुझाए पुग्नेछ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ ।

प्रकाशित : २८ श्रावण २०७५, सोमबार १५:१८