सांसद खड्काद्वारा घाईते कार्कीलाई एक महिनाको तलब सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

सांसद खड्काद्वारा घाईते कार्कीलाई एक महिनाको तलब सहयोग



काठमाडौं । प्रतिनिधिसभा सांसद डा. नारायण खड्काले बम आक्रमणमा परी घाईते भई उपचाररत काँग्रेस नेता नारायण कार्कीलाई एक महिनाको तलब सहयोग गरेका छन् ।

नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा उदयपुर क्षेत्र नं १ बाट बिजयी सांसद डा. खड्काले आज बिहान कार्कीको निवास पुगेर सांसदको एक महिनाको तलब (५५ हजार २ सय ३०) सहयोग गरेका हुन् ।

गत मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका बेला उदयपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कार्की चुनावी प्रचारको क्रममा मिति २०७४।०८।१३ गते उदयपुरगढी नगरपालिका–६ स्थित दनुवारबेसीमा भएको बम प्रहारमा गम्भीर घाइते भई लामो समयदेखि उपचाररत छन् ।

उपचारकै क्रममा उनले एउटा खुट्टा समेत गुमाईसकेका छन् । उनी २०६४ को संविधान सभा सदस्य समेत हुन् ।

प्रकाशित : २८ श्रावण २०७५, सोमबार १५:३१