आइएमई जनरल इन्स्योरेन्स र कैलालीको सिपि अस्पतालबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइएमई जनरल इन्स्योरेन्स र कैलालीको सिपि अस्पतालबीच सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कैलालीको सिपि अस्पतालबीच ग्राहकहरुलाई नगद रहित(क्यासलेस हस्पिटलाईजेसन) सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र अस्पतालको तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरे ।उक्त सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म यस अस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा पाउने छन् ।

प्रकाशित : २८ श्रावण २०७५, सोमबार १६:०६