साउनको अन्तिम सोमबार शेयर बजार देखियो लागानीकर्ताको अाशा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

साउनको अन्तिम सोमबार शेयर बजार देखियो लागानीकर्ताको अाशा



काठमाडाै । निरन्तर अोरालो लागेको शेयर बजार सोमबार हरियाली छाएको छ । बजार सूचक नेप्से सोमबार दोहोरो अंकले हो । सोमबार नेप्से परिसूचक १० दशमलव ४३ अंकले बढेर १ हजार १ सय ७४ दशमलव ३७ को बिन्दुमा कारोबार बन्द भएको छ ।

कुल १ सय ५७ कम्पनीको ५ लाख ३३ हजार ४९२ कित्ता शेयर खरिदबिक्री हुँदा १६ करोड ९६ लाख ६१ हजार ४३१ रुपैयाँको कारोबार भएको हो ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे भएको छ । जसको आज १ करोड २० लाख ६४ हजार ८७८ रुपैयाँको शेयर कारोबार भएको छ । ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने २ दशमलव २४ अंकले बढेर २ सय ४७ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ ।

प्रकाशित : २८ श्रावण २०७५, सोमबार १६:२९