नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा कति ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै ३ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो बैंकले गरेको यो नाफा अघिल्लो वर्षको तुलनामा करिब १५ प्रतिशतले बढि हो ।

यो बैंकले अघिल्लो वर्ष गरेका खुँद नाफा ३ अर्ब ११ करोड ४१ लाख रुपैयाँमा गत वर्ष ४६ करोड ४७ लाख रुपैयाँ नाफ थप गरेको हो ।

यो बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड रहेको छ भने यसले जगेडा कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ राखेको छ । यो बैंकले १ अर्ब २५ करोड रुपैयाँ सापटी लिएको छ । गत अवासम्ममा यसले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा सापटी दिएको छ ।

यसको गत वर्षसम्मको लगानी २६ अर्ब ८५ करोड रहेको छ । बैंकले १३ अर्ब ४२ करोड रुपैयाँ व्याज आम्दानीबाट कमाएको छ भने यस वापतको खर्च ७ अर्ब २३ करोड ऋणात्मक देखाएको छ ।

व्याजबाट खुँद आम्दानी मात्रै ५ अर्ब ७० करोड कमाएको यो संस्थाको संचालन मुनाफा ४ अर्ब ६९ करोड छ । निष्कृया कर्जा अनुपात १.०३ प्रतिशत रहेको यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडि रेसियो) ७५.०१ प्रतिशत छ ।

यो बैंकको प्रतिशेयर आम्दानी ३३.७४ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९.२१ रुपैयाँ छ । यसको प्रति शेयर सम्पतीको मूल्य भने १६०८.३८ रुपैयाँ रहेको उल्लेख छ ।

प्रकाशित : २९ श्रावण २०७५, मंगलवार १०:३३