पोखरा फाइनान्सले बाेनस र नगद लाभांश  दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पोखरा फाइनान्सले बाेनस र नगद लाभांश  दिने



काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले  लाभांश  दिने भएकाे छ  । फाइनान्सको साउन २८ गते सोमबार बसेको ४५४ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफा तथा जगेडाकोषबाट ८.६८४ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।

फाइनान्स कम्पनीको चुक्तापूँजी ८१ करोड ६४ लाख रहेको छ । बोनस सेयरपछि चुक्तापूँजी बढेर ८६ करोडको हाराहारीमा पुग्नेछ । सेयरधनीले लाभांश नेपाल राष्ट्रबैंक र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि  मात्र पाउनेछन् ।

 

प्रकाशित : २९ श्रावण २०७५, मंगलवार ११:५८