सानिमा इन्स्योरेन्सको मुनाफा २ करोड ३० लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा इन्स्योरेन्सको मुनाफा २ करोड ३० लाख



 काठमाडाै । सानिमा इन्स्योरेन्सले गत आर्थिक वर्षमा २ करोड ३० लाख मुनाफा गरेको छ। गत आर्थिक वर्ष जम्मा ५ दिन मात्र कारोबार गरेको कम्पनीले १५ ओटा बीमालेख मार्फत करिब २ लाख ७४ हजार कुल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले चुक्ता पुंजीको रुपमा संकलित पूँजीलार्इ बैंकमा निक्षेपको ब्याज आम्दानीको कारणले ब्याज आम्दानीबाट कम्पनीले उल्लेख्य मुनाफा गर्न सफल भएको देखिन्छ। ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा ८४ लाख २९ हजार रुपैयाँ र बीमा कोषमा १ करोड १५ लाख ९७ हजार रुपैयाँ राखेको छ । सानिमा इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। बीमा समितिले तोकेको एक अर्ब रुपैयाँको पूँजीको लागि कम्पनीले ३० करोड रुपैया आगामी आर्थिक वर्षमा सर्बसाधारणको लागि शेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित : २९ श्रावण २०७५, मंगलवार १४:०४