लक्ष्मी लघुवित्तको नयाँ शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी लघुवित्तको नयाँ शाखा विस्तार



काठमाडाै । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुली जिल्लाको भिमान, धनुषा जिल्लाको क्षीरेश्वर, महोत्तरी जिल्लाको गौशाला गरी ३ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । वित्तीय संस्थाका संचालक समितिका सदस्यद्वय मनोहर राज उप्रेती र भोलाराम श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा ज्यूले प्रथम कर्जा वितरण गरी कारोवारको शुभारम्भ गरे ।

लक्ष्मी लघुवित्त नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । यस संस्थाको अधिकृत पुंजी ४० करोड र चुक्ता पुंजी २४ करोड २० लाख रहेको छ । संस्थाले विपन्न वर्गका परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्य लिएको छ ।

संस्थाको केन्द्रीय कार्यालय काठमान्डौंको महाराजगञ्जमा रहेको छ । यस वित्तीय संस्थाले आषाढ मसान्त २०७५ सम्ममा ४७ वटा जिल्लामा शाखा संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ८६ हजार ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ । संस्थाले आफ्नो सदस्यहरुबाट ९७ करोड निक्षेप संकलन गरेको छ भने २ अर्ब ७१ करोड लगानीमा रहिरहेको कर्जा रहेको छ । संस्थाले बचत र कर्जा बाहेक लघुवीमा, विप्रेषण र शाखा रहित बैँकिङ्ग कारोबार समेत संचालन गर्दै आइरहेको छ ।

प्रकाशित : २९ श्रावण २०७५, मंगलवार १४:३३