हवाई व्यवस्थापन गर्न कोटेश्वरका केही घर भत्काउनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हवाई व्यवस्थापन गर्न कोटेश्वरका केही घर भत्काउनुपर्ने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण पश्चिमतर्फ काठमाडौं महानगरपालिका वडा नम्बर ३५ काटेश्वरमा निर्माण गरिएका केही भवन भत्काउनुपर्ने भएको छ । हवाई व्यवस्थापनमा समस्या उत्पन्न भएकाले त्यस्ता संवेदनशील क्षेत्रमा निर्माण गरिएका भवन भत्काउनुपर्ने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणले दिएको प्रतिवेदनका आधारमा काठमाडौं महानगरपालिकाद्वारा गठित प्राविधिक समितिले ६ वटा घरको केही भाग भत्काउनुपर्ने र चारवटा घरको तला थप्न नहुने सिफारिस गरेको हो ।

महानगरपालिकाको ३५ वडाअन्तर्गत निर्माण गरिएका केही भवनका कारण हवाई व्यवस्थापनमा समस्या उत्पन्न भएको भन्दै प्राधिकरणले महानगरपालिकालाई पत्राचार गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

त्यस्ता संवेदनशील क्षेत्रमा निर्माण गरिएका भत्काउनुपर्ने भनी पहिचान गरिएका भवनहरुको प्राविधिक समितिबाट स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पार्न महानगरपालिकाको गत मंसिर १५ गतेको बोर्ड बैठकले निर्देशन दिएको थियो ।

प्रकाशित : १२ पुष २०७२, आईतवार ०२:५८