मेडिसिटी अस्पताल र गण्डकी विकास बैंकबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

मेडिसिटी अस्पताल र गण्डकी विकास बैंकबीच सम्झौता



काठमाडाै । ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पताल र पोखरामा मुख्य कार्यालय रहेको गण्डकी विकास बैंकबीच उपचार सेवा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र गण्डकी विकास बैंकका डेपुटी सीईओ समीर बज्रचार्यले मंगलबार हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका कर्मचारी र सेवाग्राहीले नेपाल मेडिसिटीबाट उपचार सेवामा विशेष छुट पाउनेछन् । एससीटी, युनियन पे, डेबिट/क्रेडिट कार्डका उपझोक्ताले छुटको अवसरलाई सदुपयोग गर्नसक्नेछन् ।

अस्पतालका महाप्रबन्धक रिमालले मुलुकभर ७२ शाखा कार्यालय रहेको गण्डकी विकास बैंकसँगको सहकार्यमा स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्ने जानकारी गराए । त्यस्तै, बैंकका डेपुटी सीईओ बज्राचार्यले नेपाल मेडिसिटीसँग सहकार्यले उत्साहित बनाएको बताए ।

प्रकाशित : ३० श्रावण २०७५, बुधबार १६:२२