तपाइँको वाइफाइ कमजोर छ ? अपनाउनुस् यी तरिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

तपाइँको वाइफाइ कमजोर छ ? अपनाउनुस् यी तरिका



घरमा वाइफाइको सिग्नल कमजोर भएका दिक्क भएकाहरुका लागि छुटकारा दिलाउने नयाँ जुक्ति पत्ता लागेको छ । शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता लगाएका छन् ।

अमेरिकाको डार्टमाउथ विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार राउटर एन्टेनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले नेटवर्कमा सम्भावित दखल पनि कम हुने र यसले इन्टरनेट कनेक्सनको सुरक्षालाई पनि बढाउँदछ ।राउटरको एन्टेना सबै दिशाका लागि हुन्छ, अर्थात् सिग्नल सबैतर्फ फिजिन्छ । तर आल्मुनियम फोइल लगाउनाले तरंगले एक दिशामा काम गर्न थाल्छ ।

डार्टमाउथका इन्जिनियरका अनुसार यसले कुनै भवनभित्र वायरलेस संरचनाको क्षमता बढाउँदछ । किनकी भवनको इन्टेरियर डिजाइन, विभाजन तथा अन्य रोकावटको प्रभाव कम गर्दछ ।

आल्मुनियमको पाता यसरी लगाउनु पर्दछ की त्यसले भित्ता तथा अरु कोठातर्फ छेकेर तरंगलाई आफुले चाहेको कोठा वा दिशातर्फ निर्देशित गरोस् ।

केही क्षेत्रमा तरंग रोक्नाले केही फाइदा पनि हुनछन् । जस्तै काँचका झ्याल लगायतका चिजमा तरंग ठोक्किएर परावर्तन हुने र त्यसले इन्टरनेट कनेक्सनलाई प्रभाव पार्ने जोखिम पनि कम हुनछ ।

इन्टरनेट सुरक्षा

इन्टरनेट तरंगलाई यसरी दिशा प्रदान गर्दा विभिन्न अवरोधमा कमी त आउँछ नै यसले वाइफाइको सुरक्षामा पनि वृद्धि गर्दछ ।

किनकी आल्मुनियम फोइलले वाइफाइ ह्याक गर्ने प्रयत्नमा रहेकाहरुसम्म वा साइबल हमलाकारीसम्म तपाइँको वाइफाइको सिग्नल पुग्न दिँदैन ।

शोधकर्ताहरुले वाइफाइ तरंगलाई आफुले चाहेको ठाउँमा निर्देशित गर्नका लागि आल्मुनियम फोइलको थ्री डी प्रिन्टेड मोडेल तयार पारेका छन् । यस्तो आल्मुनियम प्यानल घरमै पनि तयार गर्न सकिन्छ । जसका कारण वाइफाइ सिग्नल कमजोर हुने र वाइफाइ अरुले चोर्ने समस्या कम हुनछ । बीबीसी

प्रकाशित : ३० श्रावण २०७५, बुधबार १७:३१