महतको प्रश्नः कर बढाएपछि निजी क्षेत्रको कसरी आकर्षक बढ्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

महतको प्रश्नः कर बढाएपछि निजी क्षेत्रको कसरी आकर्षक बढ्छ ?



काठमाडाै । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले लगानीका लागि सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरेको आरोप लगाएका छन् । उनले निजी क्षेत्र आकर्षित गर्नुपर्नेमा अोली सरकारले त्यसो गर्न नसकेको उनको कथन छ ।

‘सरकारले आर्थिक समृद्धिको सपना त देखायो तर त्यसका लागि आवश्यक वातावरण बनाउन सकेन’, नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको समसामयिक अर्थ राजनीतिको समीक्षा विषयक कार्यक्रममा उनले प्रतिप्रश्न गरे, ‘केन्द्र, प्रदेश, स्थानीय सरकारले मनपरी करको दायरा बढाएका छ्न । कर बढाएपछि निजी क्षेत्रको कसरी आकर्षक बढ्छ ?’ निजी क्षेत्रलाई निरुत्साहित गरेर समृद्धि हासिल हुन नसक्ने भन्दै उनले विश्वासमा लिन आग्रह गरे ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार १२:५०