प्रेस स्वतन्त्रता संकुचन स्वीकार्य नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रेस स्वतन्त्रता संकुचन स्वीकार्य नहुने



काठमाडाै । प्रेस स्वतन्त्रता कुण्ठित हुने आशंका बढेको, पेशागत समुहहरुले असुरक्षाको अनुभव गरेको, समावेशी र समानताका मुल्यहरुमाथि प्रहार हुन थालेको जस्ता घटनाहरुप्रति चिन्ता व्यक्त गर्दै स्वतन्त्रताको पक्षमा सर्जकहरु सजग रहनुपर्ने नागरिक अगुवा कृष्ण पहाडीले बताउनुभएको छ ।

अाज मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौँमा आयोजित मासिक शान्ति काव्य प्रवाहको ७० औँ श्रृंखलामा बोल्दै शान्ति समाजका संस्थापक सभापति पहाडीले प्रेस स्वतन्त्रताको संकुचन कदापि स्वीकार्य नहुने धारणा व्यक्त गरे ।

कवि रुद्र अधिकारीले आफ्नो कवितामा ‘कवि हो कविता पनि कम लेख्ने गर, फेरी सरकारले कर लगाउन सक्छ ’ भन्दै हाल देशमा चलिरहेको कर आतंकप्रति व्यङग्य गरे ।

समाजका सभापति डा. गंगाधर अधिकारीको सभापतित्वमा सम्पन्न मासिक शान्ति काव्य प्रवाहमा ३८ जना कविहरुले कविता, गजल, मुक्तकहरु प्रस्तुत गरे ।
काव्य प्रवाहमा कविहरु ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, मदन कार्की, रत्ननिधि रेग्मी शुक्राचार्य, कृष्ण कँडेल, ऋचा, प्रा. डा.जीवन अधिकारी, जसध्वज गुरुङ, बाबुराम लामिछाने, भाग्यशाली अधिकारी, मञ्जु श्री प्रधान केसी, पार्वती भट्ट, कुसुम शर्मा, विमला दाहाल, सिता सुवेदी, भुवन सिवाकोटी, प्रकाशमणी दाहाल, त्रिभुवचन्द्र वाग्ले, शिवराम खड्का, निराजन तिमल्सिना, अतृप्त पाण्डे, ओमप्रसाद कोइराला, पुन्य गौतम विश्वास, त्रिपुरा पौडेल, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुंगाना, सर्मिला कार्की, निर्मल पराजुली, सुनिता सापकोटा, अशोक घिमिरे, रविन्द्र आशिस शैली, गंगा कर्माचार्य, देवकी ढुंगाना, चन्द्र श्री कार्कीसहित ३८ जना कविहरुले रचना प्रस्तुत गरे ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार १७:०२