सिद्धार्थ इन्स्योरेन्सले कति कमायो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ इन्स्योरेन्सले कति कमायो ?



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ मा २७ करोड ५३ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बिमा कम्पनीले गत वर्षमा कमाएको यस्तो नाफा अघिल्लो वर्षको तुलनामा पाँच करोड ९ लाख रुपैयाँले बढी हो । अघिले वर्ष यो बिमा कम्पनीको यस्तो नाफा २२ करोड ४३ लाख रुपैयाँ रहेको पनि उल्लेख छ ।

यो कम्प्नीले गत वर्षस बिमा शुल्क आर्जनबाट १ अर्ब ७८ करोड रुपैयाँ संकलन गरेको थियो । १ लाख १३ हजार ९४८ वटा विमालेख जारी गरेको यो कम्पनीको नवीकरण भएको बिमालेखको संख्या जम्मा ३१ हजार २७२ वटा छ ।

गत वर्ष ९५ करोड ५७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको यो कम्पनीको भुक्तानी हुन बाँकी रकम अझै ६६ करोड २७ लाख रुपैयाँ रहेको छ ।

यो बिमा कम्पनीको चुक्ता पुँजी ६४ करोड १४ लाख रुपैयाँ छ । जगेडा कोषमा १६ करोड रुपैयाँ राखेको यो बिमा कम्पनीको बिमा कोषमा भने ५५ करोड रुपैयाँ छ ।

यो बिमा कम्पनीको प्रति शेयर आम्दानी ४२.९३ रुपैयाँ रहेको छ । यसको प्रति शेयर नेटवर्थ २२१.४५ रुपैयाँ छ भने प्रति शेयर कुल सम्पतीको मूल्य ४६१.९६ रुपैयाँ रहेको पनि उल्लख छ ।

प्रकाशित : १ भाद्र २०७५, शुक्रबार १२:१९