स्वरोजगार लघुवित्त २१ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वरोजगार लघुवित्त २१ प्रतिशत लाभांश दिने



काठमाडाै । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई २१ दशमलव ०५२६ प्रतिशत लाभांश दिने भएको छ।

संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। लगानीकर्ताले भने उक्त प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको अगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउनेछन्।

स्वरोजगार लघुवित्तले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३ करोड ६५ लाख खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यो बैंकको नाफा २ करोड ८३ लाखमा सीमित थियो।

कम्पनीमा खराब कर्जामा भने वृद्धि भएको छ। अघिल्लो वर्ष ०.२२ प्रतिशतको अनुपातमा रहेको यस्तो कर्जा बढेर ०.३६ प्रतिशत पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २९.८७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष २५.९० रुपैयाँ रहेको थियो।

प्रकाशित : १ भाद्र २०७५, शुक्रबार १४:११