कृति अवार्डस २०७५ का उत्कृष्ठ पाँच छनोट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

कृति अवार्डस २०७५ का उत्कृष्ठ पाँच छनोट



काठमाडौं । विज्ञापन व्यवसायि मिडिया तथा विज्ञापनकर्मिको साझा इभेन्ट दशौ कृति अवार्डस २०७५ मा २८ वटा बिधा रहेकोमा ३९ वटा एजेन्सिले सहभागीता जनाएका छन । ३५३ वटा नोमिनेसन दर्ता भएकोमा १३४ वटा नोमिनेसन उत्कृष्ठ ५ मा छनौटमा परेकाछन ।

होटेल शकंरमा श्राबण ३० गते आयोजित कार्यक्रममा उत्कृष्ट ५ को घोषणा गरियो जस्मा उत्कृष्ठ पाँचमा मनोनयनमा परेका एजेन्सिहरुमा अभानि एडभरटाइजिङ –१७, एएनएस क्रिएसन –१२, प्रिज्मार्क –१३, आउटरिच नेपाल –११, ओएस्टर–९,भिचित्र–९ मेकबेज–८, बिजनेस एडभान्टेजर–७ , कि एडरटाईजिङ–७, एड मिडिया –६, क्रियो कमुनिकेसन –४, लेमन–४, डिजिटल इन–३, एडि रिलिज–२ , मार्स र प्रमोटर्स नेपाल–२÷२ र मार्स एडभरटाइजिङ, मिटिङ प्वाइन्ट, म्याक्स मिडिया, चन्दा प्रोडक्सन , एसपि,इको, टेक, अक्षय ,बेलकम–१÷१ बिधामा मनोनयनमा परेका छन् ।

दशौं कृति अवार्डको टाइटल स्पोन्सर नेपाल आइस, पावर बाइमा सिजि सिमेन्टस रहेको छ । प्रायोजकहरुमा बैंकिङ्ग पार्टनर, मुक्तिनाथ बिकास बैक, हस्पिटल पार्टनर नेपाल मेडिसिटि अस्पताल, हस्पिटालीटी पाटनर सोल्टी क्राउन प्लाजा, सफ्टि हाइजिन, यति कार्पेट र नेपाल पर्यटन बोर्ड, रहेका छन् । दशौ कृति अवार्डस २०७५ को मुल समारोह होटल सोल्टि क्राउन प्लाजामा भाद्र ७ गते हुने आयोजकले बताएको छ ।

प्रकाशित : २ भाद्र २०७५, शनिबार १३:३३