राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झैाता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झैाता



काठमाडाै । राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएपश्चात आर्थिक वर्ष २०७५–०७६ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको कार्यदक्षता अभिवृद्धिका लागि नेशनल बैंकिङ इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा तालिम प्रदान गर्नेछ ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, नायव महाप्रवन्धक सुशिल श्रेष्ठ, विभागीय प्रमुख कपिलमणि ज्ञवाली, मित्रलाल पंज्ञानी, विभागीय उप प्रमुख भीमप्रसाद घिमिरे, नेशनल बैंकिङ इन्ष्टिच्युटका तर्फबाट हेड अफ प्रोग्राम धन थापा, कन्सल्टेन्ट बासुदेब अधिकारीको उपस्थिति रहेको थियो ।

यस बैंकले हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । गत आ.व.को असार समान्तसम्म बैंकले १ खर्व ६९ अर्व रुपैंया निक्षेप संकलन, १ खर्व २१ अर्व रुपैंया कर्जा लगानी गरी ४ अर्व ३२ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको छ ।

प्रकाशित : ३ भाद्र २०७५, आईतवार १२:४१