प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलबिच बीमा सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलबिच बीमा सम्झौता



काठमाडौ । प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटल बिच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट नायब महाप्रबन्धक दिपेन्द्र राज गौतम र ब्लु क्रस हस्पिटलका तर्फबाट लेखा तथा प्रशासन शाखाका प्रबन्धक, सती गौतम सिंहले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बीमा सम्बन्धी बिमालेख खरिद गर्ने ग्राहक महानुभावहरुले बीमालेखको सुविधाको आधारमा ब्लु क्रस हस्पिटलबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्नुसक्ने छन् ।

सो अवसरमा प्रिमियर इन्स्योरेन्सका नायब महाप्रबन्धक दिपेन्द्र राज गौतमले प्रिमियर इन्स्योरेन्स र ब्लु क्रस हस्पिटलको सहकार्यले स्वास्थ्य सेवामा प्रगाढ छाप सहित आम नेपालीको स्व्ँँस्थ्य सेवा पहुंचम्ँँ अभि वृद्धि हुनेमा विश्वस्त भएको जानकारी  गराए ।

साथै ब्लु क्रस हस्पिटलका प्रबन्धकले यो सम्झौता पश्चात सम्पूर्ण सेवाग्राहीहरुलाई औषधोपचार सम्बन्धी बीमालेख खरिद गरी सोको लाभ उठाउन आग्रह गरे  ।

प्रकाशित : ३ भाद्र २०७५, आईतवार १३:११