लक्ष्मी भ्यालु फण्ड १ को आम्दानी ५७ दशमलव ४८ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी भ्यालु फण्ड १ को आम्दानी ५७ दशमलव ४८ प्रतिशतले बढ्यो



काठमाडौं।  लक्ष्मी भ्यालु फण्ड १ को खुद सम्पतिको मुल्य गत महिनाको अवधि भन्दा शुन्य दशमलव ३७ प्रति इकाई बढेर ११ दशमलव ०२ प्रति इकाई रहेको छ । अघिल्लो महिमा १० दशमलव ६५ प्रति इकाई रहेको थियो ।

लक्ष्मी भ्यालु फण्ड १ ले २१ करोड ७० लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा २३ करोड ६० लाख रुपैयाँ गरेको थियो । यसको आम्दानी ५७ दशमलव ४८ प्रतिशतले बढेर ५ करोड २८ लाख रुपैयाँ कमाएको छ । अघिल्लो महिनामा ३ करोड ३५ लाख रुपैयाँ कमाएकोे थियो । खर्चमा भने २३ दशमलव २० प्रतिशतले बढेर ४६ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिनामा ३८ लाख रुपैयाँ रहेको थियो ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा हाइड्रोपावरमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको २८ हजार २ सय १८ कित्ता, वाणिज्य बैंकमा सबैभन्दा बढी सिद्धार्थ बैंकको २७ हजार ८ सय १२ कित्ता, इन्स्योरेन्समा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १० हजार ६ सय ५४ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी साइन रेसुङ्ग डेभलपमेन्ट बैंकको ८ हजार ९ सय ९३ कित्ता र फाइनान्समा सबैभन्दा बढी ओमी माइक्रो फाइनान्स कम्पनीको १ हजार ४ सय ७० सय कित्ता रहेका छन् ।

प्रकाशित : १२ पुष २०७२, आईतवार ०८:२७