फेसबुकको विज्ञापनमा कर लगाउःविकास समिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

फेसबुकको विज्ञापनमा कर लगाउःविकास समिति



काठमाडौं । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

नेपालमा प्रयोग हुने सामाजिक सञ्जालमा फेसबुक, ट्वीटर, युट्युव रहेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार मोबाइल सेवा प्रयोग गर्नेको संख्या गत जेठसम्म तीन करोड ८० लाख पुगेको छ । यसमध्ये मोबाइल इन्टरनेट प्रयोगकर्ता एक करोड १६ लाख छन् । अहिले १५ प्रतिशत मानिसले व्यवसायिक रूपमै सामाजिक सञ्जाल प्रयोग गर्ने अनुमान गरिन्छ ।

यसमध्ये १ देखि २ प्रतिशत व्यवसायिक रूपमा प्रयोग हुने गरेको १ प्रतिशत मानिस युट्युब केही मानिसले इन्स्ट्राग्राम, भाइबरमा पनि विज्ञापन गर्ने गरेको जानकारहरू बताउँछन् । पुरानो शैलीको प्रचारप्रसारभन्दा कम खर्चिलो हुने हुँदा विज्ञापनदाताहरूले यसको प्रयोग बढाइरहेको सामान्य अनुमान गर्न सकिन्छ ।

सामाजिक सञ्जालमा आवश्यकता अनुसारका आइडी (प्रोफाइल) खोल्न सकिन्छ । त्यही अनुसार निश्चित क्षेत्र र वर्गसम्म पुग्न र कुराकानी गर्न सकिन्छ । अहिले अधिकांशले ‘बूस्ट’ (फेसबुकलाई पैसा तिरेर प्रचार) गरेका छन् । आफ्ना आकर्षक योजना, सुन्दर र कलात्मक शैलीमा वस्तुको प्रचारप्रसाका लागि विभिन्न पोष्टहरू धेरैभन्दा धेरै उपभोक्तासम्म पुग्नका लागि सामाजिक सञ्जाललाई पैसा तिरिरहेका छन् ।

प्रकाशित : ४ भाद्र २०७५, सोमबार १४:२७