८ दशमलव २२ अंकले ओरालो लागेर बन्द भयाे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

८ दशमलव २२ अंकले ओरालो लागेर बन्द भयाे नेप्से



काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ८ दशमलव २२ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६० कम्पनीको ६ लाख ३ हजार १ सय २ कित्त सेयर बाट २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाइफ इन्स्योरेन्स समुह ७५ दशमलव २ अंकले ओरालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह ५९ दशमलव ७४ अंकले, जलविधुत समुह २३ दशमलव ६३ अंकले,विकास बैँक समुह १३ दशमलव १२ अंकले, लघुवित्त समुह ११ दशमलव ६९ अंकले,बैँक समुह ५ दशमलव ४२ अंकले, होटल समुह ५ दशमलव १७ अंकले, अन्य समुह ४ दशमलव ६८ अंकले र फाइनान्स समुह २ दशमलव ६९ अंकले ओरालो लागेको छ ।
आज उतपादनमुलक समुह भने उकालो लागेको छ । आज उतपादनमुलक समुह ११ दशमलव १५ अंकले उकलो लागेको छ ।

प्रकाशित : ४ भाद्र २०७५, सोमबार १५:२०